slc result details information 2072

SLC RESULT - 2072 Science, management , humanities , arts, education's plus 2 colleges in Nepal

एसएलसीको पूरक परीक्षा १४ साउनदेखि

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो । परीक्षा नियन्त्रक काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ गरी कुल एक लाख ४७ हजार ५८३ जना छन् ।

परीक्षा १४ साउनदेखि २१ सम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

Source: HIMALKHABAR

*********************************************************************************

एसएलसीको नतिजा सार्वजनिक
SLC RESULT 2072

असार २, २०७३- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार प्रकाशित गरेको छ ।

यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १६ हजार ४ सय ५४ जना प्राप्त गरेका छन् ।

यस्तै, ३.२ भन्दा माथी देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जनाले ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जनाले पाएका छन् ।

एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ ।

परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुन: परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुन: परिक्षा साउन २० र २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् भने पुरक परिक्षा साउन १४ देखि हुनेछ ।

यस्तै परिक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक तर्फको नतिजा एक हप्तापछि सार्वजनिक गरिने छ ।

Source: EKANTIPUR

*********************************************************************************

SLC RESULT

पास फेल नहुने एसएलसी रिजल्ट

एसएलसीको ८२ वर्षको इतिहासमा पहिलो पल्ट यो वर्ष पास फेल नहुने एसएलसीको रिजल्ट सार्वजनिक गरियो। पास फेल नहुने भनिए पनि कम ग्रेड ल्याउनेले रोजेको विषय पढ्न पाउने छैनन्। साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने मापदण्ड तोकिएको छ।

गोरखापत्रमा हेर्नुपर्ने एसएलसीको रिजल्ट वेबसाइट र मोबाइलबाट हेर्ने गरेको धेरै वर्ष भइसकेको छ। यस पटक भने कुन डिभिजन, कति पर्सेन्ट ल्यायो हैन, कति जिपिए ल्यायो हेर्ने व्यवस्था थियो। अर्को वर्षदेखि यो किसिमको राष्ट्रव्यापी एसएलसी नहुने भएकोले यो वर्षको एसएलसी विशेष पनि छ।

कसले कति ल्याए ?

नियमिततर्फ
९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना,
८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना,
७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना,
६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना,
५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना,
४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना,
३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना,
२० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र
१० देखि २० सम्म ‘इ’ मा ११ जना

A+ Outstanding Admirable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of extra ordinary performance in problem-solving, creativity and participation, exceptionally independent in learning and organizing contents; higher performance in balancing knowledge, understanding, application, analysis, synthesis and evaluation of contents; independent and extra excellent performance; superior in communication skills.

A Excellent Strong evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; highly commendable performance; advanced in communication skills.

B+ Very Good Great evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; remarkable but not particularly independent performance; sound in communication skills.

B Good Better evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; satisfactory level of performance; reasonable communication skills.

C+ Above average Acceptable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; moderate level of performance; reasonable communication skills.

C Average Some evidence of grasping, thinking and summarizing; demonstration of moderate level performance in problem-solving; satisfactory capacity in learning and organizing the contents; adequate level of performance with basic communication skills.

D Below average Little evidence of grasping and thinking; demonstration of low level performance in problem-solving; poor capacity in learning and organizing the contents; poor level of performance; indequate communication skills.

E Insufficient Negligible evidence of grasping and thinking; demonstration of very poor level of performance; poor learning involvement and weak communication skills.

N Not Graded Absence Unfair behavior Absolutely unacceptable Response

कसले के पढ्न पाउने?
समूह १ : साइन्स समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर साइन्स विषयमा कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, साइन्स र गणितमा सी प्लस, अंग्रेजीमा सी र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ ।

समूह २ : भोकेसनल समूहका विषय एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुने पर्नेछ । साइन्स, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड, सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ।

समूह ३ : गणित, एकाउन्टेन्सी, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, भूगोल, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ तोकिएको छ । यी विषय पढ्न एसएलसीमा गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ४ : फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्नेछ । एसएलसीमा साइन्स र गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ५ : अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्न न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसएलसीमा अंग्रेजीमा न्यूनतम सी तथा नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ६ : मास कम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ र एसएलसीमा अंग्रेजीमा सी तथा नेपाली, गणित र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ७ : नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । एसएलसीमा नेपालीमा न्यूनतम सी, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ८ : पोलिटिकल साइन्स, इतिहास, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स अध्ययनका लागि लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययन गर्न एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ९ : इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । एसएलसीमा इपिएचमा न्यूनतम सी तथा नेपाली, अंग्रेजी र साइन्समा न्यूनतम डी प्लसको ब्यवस्था ल्याउनुपर्नेछ ।

समूह १० : ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र कानुन अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ११ : मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ ।

समूह १२ : डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ । (स्रोतः नयाँ पत्रिका)

*********************************************************************************

सबैभन्दा उत्कृष्ट र कमजोर गणितमै

असार २, २०७३- यस वर्षको एसएलसी परीक्षामा सबैभन्दा उत्कृष्ट ‘ए प्लस’ र कमजोर ‘ई’ ग्रेड ल्याउनेहरुको ठूलो संख्या अनिवार्य गणित विषय भएको छ । ९० अंकभन्दा माथि ‘ए प्लस’ ग्रेड ल्याउनेको बढी संख्या गणितमै छ भने २० भन्दा कम अंक ‘ई’ ग्रेड ल्याउनेहरुको संख्यालेपनि सोही विषयमा सबैलाई उछिनेको छ ।

‘ए प्लस’ ग्रेड २३ हजार ३ सय ३४ जनाले ल्याएका छन् भने १ लाख ४६ हजार ९ सय ३५ जनाले ‘ई’ ग्रेड प्राप्त गरेका छन् ।

यस्तै, अनिवार्य अगे्रंजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छने भने अनिवार्य नेपालीमा जम्मा ६३ जनाले ९० अंक कटाउन सफल भएका छन् ।

गणितपछि सबैभन्दा धेरै विद्यार्थीले विज्ञान विषयमा ‘ई’ ग्रेड ल्याएका छन् । १ लाख १० हजार २ सय ७४ विद्यार्थीले २० भन्दा कम अंक विज्ञानमा ल्याएका हुन् । अंग्रेजीमा ७१ हजार १ सय २४, सामाजिक शिक्षामा ४६ हजार ९ सय २८, अनिवार्य नेपालीमा २३ हजार ४६ जना परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् ।
त्यस्तै ३० भन्दा कम अंक ल्याएर ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या पनि क्रमशः अंग्रेजी, विज्ञान , सामाजिक शिक्षा, गणित र नेपाली विषयमा बढी छ । डी र ई ग्रेड ल्याउनेले ग्रेड सुधार गर्न कुनै दुई विषयमा पुनः परीक्षा दिन पाउने छन् । अघिल्ला वर्षहरुमा ३२ अंक ल्याउने विद्यार्थी सम्बन्धित विषयमा उतिर्ण भएको मानिन्थ्यो ।

Source: EKANTIPUR
*********************************************************************************

0 Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

*

CONTACT US

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Sending

©[2016-2018] Open Eyes IT Solution

Log in with your credentials

Forgot your details?